काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ ।
बैठक आज (शुक्रबार) बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने भएको हो ।
हिजो (बिहिबार) राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आह्वान गरेपछि त्यसबारे निर्णय लिन कांग्रेसले विज्ञप्ति जारी गर्दै पदाधिकारीसहितको बैठक बोलाएको हो।
राष्ट्रपति कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीमा दाबी पेस गर्न आज जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिइएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८