काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता विपरीत केही व्यक्तिले विज्ञप्ति निकालेर मत मागेको भन्दै ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले उम्मेदवार रामबहादुर थापा (बादल)को पक्षमा विज्ञप्ति निकालेर मत मागेको दिन आयोगले यस विषयमा चासो देखाएको हो ।
वाग्मती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि जेठ ३ गते राति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८