१७ साउन, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य पुनः घटाएको छ । निगमले प्रतिसिलिण्डर २५ रुपैयाँले ग्यासको मूल्य घटाएको हो । अब खाना पकाउने एक सिलिण्डर ग्यासको मूल्य १३ सय २५ रूपैयाँ कायम भएको छ । नयाँ मूल्य मंगलबार मध्यरातिदेखि नै लागू हुनेछ । मूल्य घटाएपछि पनि आयल निगमलाई एक सिलिण्डर ग्यासमा ७४ रुपैयाँ ९० पैसा अझै नाफा छ ।
प्रकाशित मिति: सोमबार, साउन १६, २०७४