काठमाडौं । पार्टीभित्रको विवाद मिलाउन नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल शुरु भएको छ ।
छलफलमा ओली पक्षबाट ओलीसहित नेता ईश्वर पोखरेल विष्णु पौडेल, सुवास नेम्वाङ र रामबहादुर थापा बादल छन् । त्यसैगरी माधव पक्षबाट माधव नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त सहभागी छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८