काठमाडौँ - जुली कुमारी महतो पुन : महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेकी छन्। आज शीतल निवासमा सपथ ग्रहणपछि उनले महिला बाल बालिकाको क्षेत्रमा आफुले गरेका पूर्व बाचामा प्रतिबद्ध रहेको बताएकी छन्।
उनले बालबालिकामा सुचनाको पहुँच,बाल संरक्षण सूचना प्रविधिको विकास गर्दै यसका लागि आवस्यक पुर्बाधारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन । जेष्ठ नगरिक,गर्भवती तथा सुत्केरी महिलाका हकमा राज्यले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी प्रति आफ्नो मन्त्रालय र आफु सधै तयार रहेको बताउदै उनले -कार्यविधि बनाएर अघि बढ्ने जानकारी दिईन।
पछिल्लो समयमा कोरोना भाइरसका कारण थुप्रै बाल बालिका अभिभाबक बिहिन बन्न पुगेको अवस्थालाई मध्यनजर गर्दै मन्त्री महतोले मन्त्रालयले बाल संरक्षण र अधिकारको लागि राज्य संग साझेदारी गर्ने बताइन । साथै महिला,बाल बालिका तथा जेष्ठ नागरिकको पहुँच राज्य सम्म पुर्याउन आवस्यक निर्देशिका नै तयार पारिने उनले जानकारी दिईन।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८