काठमाडौँ - ईश्वर पोखरेलले उपप्रधानमन्त्री पदको सपथ लिएका छन् । शीतलनिवासमा आयोजित कार्यक्रमबीच राष्ट्रपति विद्यादेवि भण्डारीले उपप्रधानमन्त्री पदको सपथ खुवाएकी हुन् ।
नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिएका छन् । एमालेको माधव समुह र जसपा नेपालको ठाकुर पक्षलाई सरकारमा सामेल हुन आग्रह गरिए पनि उनीहरु सरकारमा सहभागी भएनन् ।त्यस्तै, राष्ट्रपति भण्डारीले मन्त्रीहरुलाई समेत सपथ खुवाएकी छिन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८