काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहणको कार्यक्रम सुरु हुन लागेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मन्त्रिमण्डलका सदस्यहरूले साढे दुई बजे शपथ लिने कार्यक्रम छ।
जनता समाजवादी पार्टी सरकारमा आएपछि मात्र प्रधानमन्त्री ओलीले नयाँ अनुहारलाई मन्त्रिपरिषदमा सामेल गर्ने भएका छन् । हाल भने अहिले कै मन्त्रीहरूलाई शपथ ग्रहणको निमन्त्रणा भए अनुसार उनीहरू शीतल निवास पुगिसकेका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८