काठमाडौँ । पार्टी विवाद निरूपणका लागि बनाइने कार्यदलले तीन दिनभित्र काम सक्नुपर्ने पक्षमा नेकपा एमालेका नेता माधवकुमार नेपाल उभिएका छन् ।
बिहीबार बुढानीलकण्ठस्थित एक व्यापारीको घरमा भएको पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबिचको छलफलमा कार्यदल बनाउने सहमति भएको थियो ।
अझै कार्यदलको टुङ्गो लागि नसकेको अवस्थामा नेता नेपाल भने कार्यदलले तीन दिनभित्र काम सक्नुपर्ने पक्षमा नेपाल रहेको उनी पक्षीय एक नेताको भनाई छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८