काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राजीनामाको कुरा तत्काललाई टरेको बताएका छन्।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबार वार्तापछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले राजीनामा दुई चार दिनलाई टरेको बताएका हुन् ।
चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा अध्यक्ष ओलीसँग झन्डै ४ घण्टा वार्ता भएको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८