काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । व्यवसायी क्याप्टेन रामेश्वर थापाको चपलीस्थित घरमा दुई नेताबीच भेटवार्ता सुरु भएको हो ।
पछिल्लो समय नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरेका बेला ओली र नेपालबीच भेटवार्ता तय भएको हो । बिहीबार विहान ओलीले नेपाललाई फोन गरेर भेटका लागि प्रस्ताव गरेका हुन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८