काठमाडौँ । नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।
पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी कमिटी एक सदस्यले जानकारी दिए।
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८