काठमाडौँ । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिँदै छ ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिन नसकेपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि विपक्षी दललाई दिएको तीन दिनको समय आज सकिन लागेको हो।
प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेपछि विपक्षी दलले बहुमत पुर्याएर राष्ट्रपतिसमक्ष नयाँ प्रधानमन्त्रीको नाम पेस गर्नुपर्ने हुन्छ । यदि विपक्षी दलले बहुमत पुर्याउन नसके संसदमा सबैभन्दा धेरै सांसद रहेको दलको नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने प्रावधान छ । संसदमा अहिले सबैभन्दा ठुलो दल एमाले नै हो । र त्यसको संसदीय दलका नेता केपी शर्मा ओली नै हुन् ।
त्यसकारण ओलीलाई पुनः प्रधानमन्त्री हुनबाट रोक्ने एमालेका माधव नेपाल र झलनाथ खनाल समूहले सांसद पदबाट राजीनामा दिने की पार्टी परित्याग गर्ने निर्णय गरिसकेका छैनन् । नेपाल खनाल समूहले जसपाको निर्णय कुरिरहेका छन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार गठनका लागि जसपा र माओवादी केन्द्रसँग छलफल गरेका छन् । तर हालसम्म देउवाले बहुमत जुटाउन सकेका छैनन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८