पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले सपथ खाएका छन् । बुधबार प्रदेश प्रमुख सीता पौडेलले १६८ (३) अनुसार ठूलो दलको हैसियतमा एमालेका संसदीय दलका नेता गुरुङलाई सपथ खुवाएकी हुन् ।
प्रदेश प्रमुख पौडेलले दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार गठनका लागि आह्वान गरेकी थिइन् । तर, तोकिएको समयभित्र चार दलले हस्ताक्षर बुझाएको भएपनि आवश्यक बहुमत पुर्याउन नसकेका कारण पुनः मुख्यमन्त्री गुरुङलाई नियुक्त गरेकी हुन् ।
जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा र अर्का सांसद खिम विक्रम शाहीले साथ नदिएपछि नयाँ गठबन्धनले ३१ जना सांसदको हस्ताक्षर पुर्याउन नसकेको हो । मुख्यमन्त्रीमा नियुक्त गुरुङले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्छ । तर, उनको दलका २७ सांसद रहेका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८