काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि छलफल गर्न बैठक आह्वान गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि देउवाले बैठक डाकेका हुन् । देउवाले कांग्रेसका शीर्ष नेता, नेकपा माओवादी केन्द्र, जसपालगायत दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन्।
सो बैठक देउवा निवास बुढानिलकण्ठमा आज दिउँसो २ बजे बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राख्दा उनको पक्षमा ९३ मतमात्रै आएको थियो।विश्वासको मत नपाएपछि स्वतः प्रधानमन्त्री ओली पदमुक्त भएका छन्।
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८