१६ साउन, काठमाडौँ । निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा हुने पुनः मतदानको मिति छिटो तोक्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । वडा नंं १९ का सवै मतदान केन्द्रमा मतदान हुने स्थान, मिति र समय तोकी आवश्यक सुरक्षा व्यवस्था मिलाई यथाशीघ्र पुनः मतदान गराउन सोमबार निर्देशन दिएको हो । भरतपुर १९ को मत गणना चलिरहेका बेला जेठ १४ गते मध्यरातमा माओवादीका कार्यकर्ताले मतपत्र त्यातेका थिए । त्यसपछि आयोगले मतपत्र च्यात्नेकै माग अनुसार वडा नं. १९ मा पुनःमतदान गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति: आइतबार, साउन १५, २०७४