काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने पुष्टयाइँका आज विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत लिन लागेपनि संख्या नपुग्ने देखिएको छ । उनलाई यसअघि नै माओवादी केन्द्र र काँग्रेसका साथै जसपा र आफ्नै पार्टी एमालेका २२ सांसदले समेत मत नदिने भएका छन् । यस्तै केही साना पार्टीका स्वतन्त्र सांसदले पनि ओलीलाई मत दिनेछैनन् । बरु विपक्षी गठबन्धनले बहुमतको सरकार बनाउनका लागि माग दावी प्रस्तुत गदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि आजका लागि बैठक बोलाएकी हुन् भने आज पहिलो चरणको बैठक बसिरहेको छ भने दोस्रो चरणको बैठकमा विश्वासको मतबारे मतदान भएर छिनोफानो हुनेछ ।
प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् २३६ मत प्राप्त गर्न आवश्यक हुन्छ । प्रधानमन्त्री ओलीले राख्ने विश्वासको मतको प्रस्तावमा एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदलाई मताधिकार छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८