काठमाडौँ। नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
आज बसेको माओवादी संसदीय दलको बैठकले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत हाल्ने निर्णय गरेको हो ।
यस्तै प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी पनि रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
नयाँ सरकार बनाउन कांग्रेस प्रतिवद्ध रहेको भन्दै प्रधानमन्त्रीको राजीनामा नआए अविश्वासको प्रस्ताव दर्ता गर्ने माओवादी केन्द्रका एक सदस्यले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८