काठमाडौँ। पार्टी एकताका लागि नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको अल्टिमेटमको समय सकिएसँगै नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरू राजीनामा दिन जान लागेका छन् । नेपाल पक्षले ओलीलाई आफ्ना माग सम्बोधन गर्न आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो ।
नेपाल पक्षले दिएको समय सीमाभित्र अध्यक्ष ओलीले थप कुनै सम्बोधन नगरेपछि नेपाल पक्षीय सांसदहरू सिंहदरवारमा जम्मा भएर राजीनामा दिने तयारीमा रहेको एक नेताले बताएका छन् ।
मध्यरातमा माधव नेपालले अोलीलाई पत्र लेखेर अन्तिम मौका दिइएको भन्दै ६ बुँदे सर्त नमाने प्रतिनिधिसभा सदस्य पद त्याग गर्ने बताएका थिए । यसैबिच नेपाल पक्षले नयाँ पार्टी गठनको प्रक्रिया अघि बढाइसकेको छ ।
काँग्रेस माओवादी गठबन्धनको संसदमा बहुमत पुग्नेगरि नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८