काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान,२०७७ को धारा २४ बमोजिम ह्विप जारी गरेका हुन् ।
कोभिड१९ का कारण प्रतिकूल अवस्था उत्पन्न भएकोले संसदीय दलको बैठक बस्न नसके पनि प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीको निर्देशन अनुसार ह्विप जारी गरिएको भट्टराईद्वारा सांसदहरूलाई प्रेषित पत्रमा उल्लेख छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८