काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।
सर्वोच्चले शुक्रवार उनलाई पाँच लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको हो ।
तत्कालीन भौतिक पूर्वाधार सचिव हुँदा बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको देखिएपछि आयोगले पूर्व प्रमुख आयुक्तविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले २०७७ मङ्सिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो । थुना बाहिरै बसेर मुद्दा लड्न माग गर्दै उनी सर्वोच्च अदालत गए पनि उनको माग सुनुवाइ भएको थिएन ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८