काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेताहरू आज बालुवाटारमा बैठक बस्ने भएका छन्।
बागमती प्रदेशमा रिक्त एक जना राष्ट्रिय सभा सदस्य पदका लागि जेठ ६ मा हुने उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार तय गर्न र वैशाख २७ मा प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने भनेकोले त्यसबारे तयारी गर्न शीर्ष नेताबिच छलफल हुन लागेको बालुवाटार स्रोतले बताएको छ ।
उपनिर्वाचनका लागि आज १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको मनोनयन गर्नुपर्नेछ।
केहीबेरमा बस्न लागेको शीर्ष नेताहरूको बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे पनि छलफल हुने ती नेताको भनाई छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८