१६ साउन, काठमाडौँ । काठमाडौँको ठमेल नजिकै सरस्वती बोर्डिङ स्कुलको गेटबाट बेपत्ता भएका ५ बर्षिय विशाल चौधरी आज सकुशल भेट्टिएका छन । बालकलाई प्रहरीले सोमबार बिहान काठमाडौंको काँडाघारीमा फेला पारेको छ । स्कुलको गेटबाट एक अपरिचितले मोटरसाइलमा राखेर लगेको प्रहरीले बताएको छ । प्रहरीले अपहरणमा संलग्न भएको आशंकामा केही व्यक्तिलाई पक्राउ पनि गरेको छ । प्रहरीको अपराध अनुसन्धान महाशाखा र सोह्रखुट्टे प्रहरी बृत्तका गरी ३० जना प्रहरीहरु बालक अपरणमा परेपछि खोजीमा लागेका थिए । बुटवल घर भएका विशाल परिवारसंगै काठमाडौको असनमा बस्दै आएका थिए ।
प्रकाशित मिति: आइतबार, साउन १५, २०७४