१६ साउन, काठमाडौँ । भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि सम्झौता गरेको एक खर्ब रुपैयाँमा अहिलेसम्म एक रुपैयाँ पनि दिएकोे छैन । २५ अर्ब अनुदान र ७५ अर्ब सहुलियत ऋण दिने समझदारी दुई देशबीच भए पनि भारतले कार्यान्वयन गरेको छैन भनेर आजको नयाँ पत्रिका दैनिकले आजको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ । भारतले दिने भनेको अनुदानमध्येको रकमलाई प्राधिकरणले विद्यालय निर्माणमा पाँच अर्ब, स्वास्थ्य चौकी निर्माणमा पाँच अर्ब, पुरातान्विक सम्पदा निर्माणमा पाँच अर्ब र निजी आवास निर्माणमा तयारी गरेको थियो । पनुर्निर्माणमा विभिन्न मुलुकले वाचा गरेको १३ अर्ब त सरकारले सम्झौता नै गर्न सकेको छैन ।
प्रकाशित मिति: आइतबार, साउन १५, २०७४