काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबार ३ हजार १२५ जनामा पीसीआर परीक्षण गर्दा थप ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १४१ जना कोरोना संक्रमित कोरोना भाइरस संक्रमणमुक्त भएर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार २७ पुगेको छ ।
यस्तै नेपालमा आइतबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसका कारणले ज्यान गुमाउनेको संख्या ३ हजार ४० पुगेको छ ।
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७