काठमाडौँ । राइस कुकरमा सुन लुकाएर ल्याउने एक जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।
मंगलबार राति सवा १० बजे फ्लाई दुबईको विमानबाट आएका धनुषाका प्रकाश महरालाई विमानस्थलस्थित भन्सार कार्यालय र प्रहरीले पक्राउ गरेका हुन्।
उनले ल्याएको सामानहरूको तौल बढी देखिएपछि जाँच गरेको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए।
उनले ल्याएको प्रेसर कुकरको तौल जाँच्दा बढी देखिएपछि कुकर खोलेर हेर्दा भित्र सुन भेटिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट ९ सय ३४ ग्राम सुन बरामद भएको थियो । त्यसमध्ये ८८४ ग्राम सुन उनले कुकरमा हालेका थिए भने ५० ग्रामको बाला पनि थियो ।
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७