चितवन । चितवनको ठिमुरा र देवघाट जोड्ने त्रिशूली नदीमाथि निर्माणाधीन पुल भत्किएको बारे सरकारले छानबिन गर्ने भएको छ ।
सडक विभागले योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाका सुपरिटेन्डेन्ट इन्जिनियर कैलाशकुमार श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । छानबिन समितिले रिपोर्ट दिएपछि त्यसको आधारमा थप कारबाही अगाडि बढाइने विभागले जनाएको छ ।
२२० मिटर लामो र करिब ८.५ मिटर चौडाइ भएको पुलको पिलरको काम अन्तिम चरणमा पुगेको बेला अचानक करिब ८० मिटर भाग भत्किए पछि शङ्का गरिएको छ । इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी मिलेर काम गरिरहेको उक्त पुल विगत २१ दिनदेखि कालोपत्रेको काम भई रहेको थियो ।
पुलको भत्किएको सम्पूर्ण लागत ठेकेदार कम्पनी र इन्स्योरेन्स कम्पनीले बेहोर्ने विभागको भनाइ छ ।ल
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७