काठमाडौँ । बर्दिया राष्ट्रिय निकुञ्जको नरभक्षी बाघलाई सदर चिडियाखानामा सारिएको छ । आइतबार साँझ निकुञ्जको टोलीले नियन्त्रणमा लिएको बाघलाई मंगलबार विहान चिडियाखानामा राखिएको हो ।
आइतबार बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा गणना गर्न हात्तीसहित गएका गणकलाई बाघले आक्रमण गरेको थियो । गैंडा गणना गरेर फर्किने बाघको आक्रमणमा परी गुडगाव बस्ने ३४ वर्षीय पुलिसराम थारूको मृत्यु भएको थियो ।
बाघले दोहोर्याएर मान्छे मार्न थालेपछि बाघलाई तत्काल व्यवस्थापन गरिएको हो ।
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७