काठमाडौं । नेपालबाट धेरै पहिले हराएका र अमेरिकामा भेटिएका प्राचीन मूर्ति अमेरिकी सरकारले चार वर्ष लामो अनुसन्धानपछि नेपाललाई हस्तान्तरण गरेको छ ।
न्यूयोर्कस्थित अमेरिकी न्यायाधिवक्ताको कार्यालयले नेपाली महा वाणिज्य दूतावासका कार्यवाहक राजदूत विष्णुप्रसाद गौतमलाई तीनवटा मूर्ति हस्तान्तरण गरेको हो । गणेश र बुद्धको मूर्ति तथा काठमा कुँदिएको अप्सराको मूर्ति अमेरिकी सरकारले नेपाललाई फिर्ता दिएको छ ।
प्राचीन सामाग्री ओसारपसारमा संलग्न गिरोहबाट ती मूर्ति गैरकानूनी रुपमा अमेरिका पुर्याइएको हो। वास्तविक हकदारलाई नै फिर्ता दिने अमेरिकी सरकारको नीति अनुसार नेपालबाट हराएका मूर्ति नेपाल सरकारलाई हस्तान्तरण गरिएको कार्यालयले बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७