काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज (शुक्रवार) मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उद्घाटन गर्दै छिन् ।
भृकुटीमण्डपमा नवनिर्मित धारा खोलेर राष्ट्रपति भण्डारीले मेलम्चीको पानी वितरणको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।दिउँसो दुई बजे हुने मेलम्चीको पानी वितरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने छन्।
काठमाडौँमा गएको आइतबार(चैत १५) गते देखि नै मेलम्चीको पानी वितरण सुरु गरिएको थियो।
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७