महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरबाट हराइरहेका सात बालिका र किशोरी भारतमा फेला परेका छन्।
मङ्गलवार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका र किशोरी सम्पर्क विहीन भएका थिए । बुधवार बिहानसम्म पनि सम्पर्कमा नआउँदा अपहरणको आशङ्का गरिएको थियो ।
धर्मपुरका १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय नगिना पासवान र अस्मिता पासवान घाँस काट्न मङ्गलवार घरबाट निस्केका थिए।
प्रहरीका अनुसार उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा विहारको सितामढीबाट उद्धार गरिएको हो । सबै बालिका र किशोरी सकुशल छन्। थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, चैत १८, २०७७