चितवन । छात्रा विद्यार्थीमाथि दुर्व्यवहार गरेको भन्दै चितवनको नारायणगढस्थित बालकुमारी माध्यामिक विद्यालयका विद्यार्थीले एक शिक्षकलाई कालोमोसो दलेका छन् ।
शिक्षक शशीधर गैरेले छात्राहरुलाई पटक-पटक दुर्व्यवहार गरेको आरोप लगाउँदै बुधबार कक्षा ११ र १२ का विद्यार्थीहरुले कालोमोसो दलेका हुन् ।
विद्यार्थीहरुले विद्यालय व्यवस्थापन, शिक्षकसहितको बैठकमा माफी माग्न भन्दा पनि नमानेपछि गैरेको कर्तुत बाहिर ल्याउनको लागि कालोमोसो दल्न बाध्य भएको बताइरहेका छन् । उनलाई विद्यालय परिसरमा नै कालोमोसो दलेका थिए ।
यता विद्यालय प्रधानाध्यापक नारायणबहादुर थापाले भने विद्यालय परिसरभित्रै शिक्षकमाथि भएको अमानवीय व्यवहारको भत्र्सना गर्दै विद्यालय शान्तिपूर्ण रुपमा पठनपाठनको वातावारण नभएसम्म अनिश्चितकालका लागि विद्यालय बन्द हुने सूचना जारी गरेका छन् ।
त्यस्तै विभिन्न शिक्षक संगठनहरुले पनि अमानवीय भएको भन्दै विरोध गरिरहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७