काठमाडौँ । सिराहाको मालपोत कार्यालयमा बम विस्फोट भएको छ ।
विस्फोटमा परी ५ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
लहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोट गराउनेको पहिचान खुलेको छैन । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, चैत १, २०७७