काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति जोशीलाई वीर अस्पताल लगिएको थियो । आज बिहान भने उनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
नेता जोशीको मस्तिष्कमा रगत जमेको बताइएको छ । उनको अहिले शल्यक्रिया भइरहेको छ ।
वीर अस्पतालमा डा भुपेन्द्र बस्नेतको टोलीले माइनर अप्रेसन गरेपछि आज बिहान उनलाई नर्भिक अस्पताल लगिएको हो ।
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७