काठमाडौँ -प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाले जंगी अड्डास्थित खेल मैदानमा प्रधान सेनापति ट्रफि -२०७७ खेलकुद प्रतियोगिताको आज एक समारोहकाबिच उद्घाटन गरेका छन् ।

२०७७ माघ ०२ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा नेपाली सेनाको पृतनाहरुको ८ मद्दती बाहिनीहरुको ५,विशेष फौज वाहिनीको १ र फुटबल खेलमा विद्युत तथा यान्त्रिक सेवा निर्देशनालयको १ गरी जम्मा १५ वटा टिमहरुको सहभागीता रहेको छ ।

उक्त समुद्घाटन कार्यक्रममा पूर्व प्रधान सेनापतिहरु,नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका उच्च पदस्थ अधिकृतहरु,वहालवाला तथा अवकास प्राप्त रथीबृन्दहरु,राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव,नेपाली सेनाकाअधिकृत लगायत संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: बुधबार, पुस २२, २०७७