काठमाडौं ।यातायात व्यवस्था कार्यालयले आगामी मंगलबारदेखि चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम खोल्ने भएको छ ।
कोरोना महामारी सुरु भएसँगै लाइसेन्स वितरण बन्द भएको थियो । लाइसेन्सको वितरणको कार्य पुनः सञ्चालन गर्न यातायात व्यवस्था विभागले एक विज्ञप्ति जारी गर्दै जनाएको छ।
विभागले तत्कालका लागि अनलाइन फारम खुला गरिने जनाएको छ । स्वास्थ्यसम्बन्धी व्यवस्था मापदण्ड परिपालन गर्ने गरी फारम खोलिएको विभागले जनाएको छ ।
विभिन्न किसिमको चालक अनुमतिपत्र लिनका लागि हजारौं व्यक्ति प्रतिक्षारत छन्।
प्रकाशित मिति: शनिबार, पुस ११, २०७७