३० जेठ, दाङ । प्रहरीले दाङ तुल्सिपुरका ब्यवसायी राजकुमार श्रेष्ठ र रणबहादुर घर्तीको अपहरणमा संलग्न संदिग्ध व्यक्तिहरुको स्केच सार्वजनिक गर्दै घटनाबारे सूचना दिने ब्यक्तिलाई नगद एक लाख पुरस्कार दिने घोषणा गरेको छ । दाङको तुलसीपुरस्थित बुटवल बस्त्रालयका सञ्चालक श्रेष्ठ र अर्का व्यक्ति घर्ती गत शुक्रबारदेखि सम्पर्कविहीन छन् । सल्यान जान भनेर हिँडेका उनीहरु हालसम्म घर नफर्किएपछि अपहरणमा परेको निष्कर्षसहित प्रहरीले खोजी गरिरहेको छ । घटनामा महिलाको प्रयोग भएको हुनसक्ने प्रहरीको आशंका छ ।

एमाले अध्यक्ष केपी शर्मा अोलीसँग मोबाइलमा संवाद गर्दै श्रेष्ठकी पत्नी निर्मला ।
यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पीडित पिरबारसँग कुरा गरेका छन । युवासंघका सचिव माधव बास्लाताेला मार्फत अोलीले श्रेष्ठको पत्नी निर्मलासँग कुरा गरेका हुन । अध्यक्ष ओलीले तुल्सीपुरमा अपरहणको घटना वढ्न थालेको र अपहरणका गिरोहलाई सरकारले समात्न नसकेकोमा दुख व्यक्त गरे । अाेलीले एमालेले श्रेषठको रिहाइको लागी प्रशासन र सरकारलाई दवाव दिने र जतिसक्दो चांडो रिहाईको लागि पहल गर्ने बताएका थिए । अध्यक्ष ओलीसँग फोनमा कुरा भए पछि निर्मलाले आफन्त र परिवारजनमा केही आशा जागेको बताएकी थिइन । संघका सचिव माधव वास्तोलाको नेतृत्वमा संघका अनुशासन आयोगका अध्यक्ष एवं पार्टी सचिव दाङका हिरा चन्द्र के सी, केन्द्रीय सचिवालय सदस्य मनोहर वुढाथोकी लगाएत संघका नेता तथा कार्यकर्ताको टोली भेट्नको लागि उनको घरमा गएको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०७४