३ जेठ, नुवाकोट । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाको ५ र ६ वडामा एमालेको प्यानलनै विजयी भएको छ । बुधबार सम्पन्न मतपरिणाममा एमालेका उम्मेदवारहरु विजयी भएको निर्वाचन आधिकृतको कार्यालय बाघखोरले जनाएको छ । वडा नं. ५ को अध्यक्षमा अनन्तराम नेपालको प्यानलनै विजयी भएको छ । उनले ८०७ मत ल्याए । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार ३१३ मतको अन्तरमा पराजित भए । त्यस्तै वडा नं. ६ को अध्यक्षमा अम्बिका तमाङ विजयी भएकी छिन । उनले ५०६ मत प्राप्त गरिन । उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले ४७१ मत प्राप्त गरे । ६ वटा वडाको मतगणना सकिदासम्म मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्रले फराकिलो मतान्तरले अग्रता कायम गरेको छ । जस अनुसार मेयरमा माओवादी ३२२१, कांग्रेस २५७५ र एमाले २३३४ मतका साथ अघि बढीरहेको छ । त्यस्तै उपमेयरमा माओवादी ३०६१, कांग्रेस, २४३९ र एमाले २६५० मत प्राप्त गरेका छन । ६ वटा मध्ये ३ र ४ माओवादीको प्यानलैसहित विजयी भएका छन भने १, २, ५ र ६ मा एमाले प्यानलसहित विजय भएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०७४