१९ चैत, काठमाडौँ । अमेरिकाको संघीय जाँच आयोगले सन् २००१ को सेप्टेम्बर ११ मा पेन्टागनमा भएको आक्रमणपछिका २७ वटा तस्बिर फेरि र्साजनिक गरेको छ । आयोगले यी तस्बिर आक्रमणको १० वर्षपछि सन् २०११ मा जारी गरेको थियो । तर प्राविधिक कारण वेब साइटबाट हराएको थियो । आयोगले फेरि ती तस्बिर जारी गरेको हो । निरन्तरको प्रयासपछि तस्बिर फेरि प्राप्त गर्न सफल भएको आयोेगले जनाएको छ । तस्बिरमा पेन्टागनमा आक्रमण भएपछिको उद्दार तथा आगो नियन्त्रणको प्रयास समेटिएको छ । सन् २००१ को सेप्टेम्बर ११ मा आक्रमणकारीले अपहरण गरेको विमान पेन्टागनमा ठोक्काएका थिए । त्यसमा एक सय ८४ जनाको ज्यान गएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७३