चौतारा । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकास्थित सल्लेमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको लु १ च ९९९ नम्बरको बोलेरो जीप बिहीबार बेलुका ८ः१५ बजे दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोटाङका ६५ वर्षीय भीमबहादुर तामाङ, ६० वर्षीया जयरानी तामाङ, ५६ वर्षीय पोदोम तामाङ, ५३ वर्षीया नानी तामाङ र २५ वर्षीया सुनमाया तामाङ छन् ।
तीन जनाको घटनास्थलमै र दुई जनाको उपचार गर्न लैजादै गर्दा बाटोमा मृत्यु भएको जनाइएको छ । घटनामा घाइते अन्य ८ जनालाई उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २८, २०७५