२४ कात्तिक काठमाडाैँ । आसन्न मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संयुक्तरुपमा देशका १४ प्रमुख शहरमा वाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ । ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुवै नेताले कात्तिक २९ देखि मंसिर ९ गतेसम्म विभिन्न १४ शहरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने बताए । पूर्वदेखि पश्चिममा महत्वपूर्ण शहरमा वाम गठबन्धनद्वारा आयोजना हुने चुनावी सभालाई अध्यक्ष्यद्धयले सम्बोधन गर्नेछन ।
यी सहरमा हुँदै छ अाेली र दाहालले सम्बाेधन गर्ने सभा
कात्तिक २९
गोरखा
कात्तिक ३०
बागलुङ र स्याङ्जा
मंसिर २
झापाको दमक
मंसिर ३
इलामको काँकडभित्ता
मोरङको विराटनगर
मंसिर ५
चितवन
मंसिर ६
रूपन्बुदेहीको वुटवल
दाङ
मंसिर ७
सुर्खेत र दैलेख
मंसिर ८ गते
कैलाली र कञ्चनपुर
मंसिर ९ गते
कास्कीको पोखरा
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०७४