५ असोज, कास्की । नेबिसंघका कार्यकर्ताले पश्चिमाञ्चल क्याम्पस पोखरामा तोडफोड गरेका छन । नेबिसंघका कार्यकर्ताले इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराका स्ववियु सभापतिको कार्यकक्षमा तोडफोड गरेका हुन । स्ववियु सभापति इन्द्र पौडेल नभएको समयमा तोडफोड भएको हो । सभाति पौडेलले इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका नेविसंघ सभापति अमन भुसालसहितको टोलीले तोडफोड र आगजनी गरेको बताएका छन् । उनका अनुसार सो समूहले क्याम्पसको सुरक्षार्थ खटिएका सुरक्षा गार्ड र वार्डेनलाईसमेत हातपात गर्नुका साथै कोठामा गएर टेबल तथा कुर्सीहरु तोडफोड गरेका हुन । तोडफोडबाट झ्यालका सिसा फुटेका छन् भने ढोका, टेबल र खाटमा क्षेति पुगेको छ । सहायक क्याम्पस प्रमुख बाबुराम भण्डारीले नेपाल विद्यार्थी संघका नेताको नेतृत्वमा आएको समूहले तोडफोड र आगजनी गरेको बताए ।
प्रकाशित मिति: बुधबार, असोज ४, २०७४