काठमाडौँ । संवैधानिक परिषद्को बैठकले लोक सेवा आयोग लगायत रिक्त संवैधानिक निकायहरूमा पदाधिकारी सिफारिस गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठकमा नामहरूबारे छलफल भए पनि सबै निर्णय लिपिबद्ध भएपछि औपचारिक प्रक्रियाबाट नाम सार्वजनिक गरिने भएको छ ।
विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले बहिष्कार गरेको बैठकले देउवाको समेत कोटाबाट केही सदस्य सिफारिस गरेको स्रोतले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८