काठमाडौँ ।नेकपा एमाले लमजुङको अध्यक्षमा रामबाबु अधिकारी चयन भएका छन् । एमाले लमजुङको विशेष भेलाले अधिकारीको नेतृत्वमा ४१ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरेको हो ।
नयाँ चयन गरिएको कमिटीमा मोहन थापा, हिरालाल विश्वकर्मा र हरिनिधि तिवारीलाई क्रमशः उपाध्यक्ष, सचिव र उपसचिवको जिम्मेवारी दिइएको छ । झलनाथ खनाल प्रधानमन्त्री हुँदा उनको स्वकीय सचिवको सफल भूमिका निर्वाह गरेका युवा नेता अधिकारीको नेतृत्वले लमजुङ एमालेमा उत्साह छाएको छ । अधिकारीको नेतृत्वमा चयन भएको यो नयाँ कमिटि एमाले भित्रको माधव नेपाल पक्षले बनाएको हो । अध्यक्ष केपी ओली एकलौटी ढंगले पार्टी कब्जाको रणनीति अख्तियार गरेपछि माधव नेपाल पक्ष देशव्यापीरूपमा समानान्तर कमिटी निर्माणमा जुटेको हो ।
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७