काठमाडाैं : तीन दिनसम्म मौसममा खराबी आउन सक्ने भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सचेत रहन आ्रह गरेकाे छ ।
आगामी तीन दिनसम्म मेघ गर्जन, चट्याङ, गड्याङगुडुङ र असिनासहित वर्षा हुने विभागको अनुमान छ । महाशाखाले तीन दिनको मौसम प्रक्षेपण गर्दै पश्चिमी वायुको प्रभाव आजदेखि थप सक्रिय हुने भएकाले देशैभर असर पर्ने बताएको हो ।
‘पूर्ण र आंशिक बदली भई देशैभर हावाहुरी, चट्याङ, मेघगर्जन, असिना र पानी पर्ने देखिन्छ,’ महाशाखाकी मौसमविद् मञ्जु बासीले भनिन् । इरान, पाकिस्तान, भारत हुँदै सोमबार पश्चिम क्षेत्रबाट पश्चिमी वायु नेपाल छिरेको हो ।
‘मंगलबार रामेछापसम्म पुगेको मौसमी प्रणाली पूर्वतिर सरिरहेको छ,’ उनले भनिन्, ‘बुधबार अझ बिग्रिने देखिन्छ ।’ मंगलबार रामेछापभन्दा पश्चिमका भागमा मेघगर्जनसहित वर्षा भएको उल्लेख गर्दै महाशाखाले उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपात हुनसक्ने जनाएको छ ।
हेर्नुस् आगामी तीन दिनकाे माैसमी अनुमान :
बैशाख ०४ गते (बुधबार):
दिउँसोः देशै भरि सामान्य देखि पुर्ण बदली रहि पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका केहि स्थानहरुमा चट्टयांग तथा हुरी बतास सहित हल्का देखि मध्ययम वर्षा/असिना पानीको संभावना छ । देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको देखिन्छ | उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।
राति: देशै भरि सामान्य बदली रहि देशका पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा र पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा चट्टयांग तथा हुरी बतास सहित हल्का देखि मध्ययम वर्षा/असिना पानीको संभावना छ । देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको देखिन्छ |उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।
बैशाख ०५ गते (बिहिबार):
दिउँसोः देशै भरि आंशिक देखि सामान्य बदली रहि पश्चिमी क्षेत्रका केहि क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना छ ।
राति: देशको पहाडी भेगमा आंशिक बदली रहि देशका पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना छ ।
बैशाख ०६ गते (शुक्रबार):
दिउँसोः देशका पहाडि भु-भागहरुमा आंशिक देखि सामान्य बदली र तराईका भु-भागहरुमा आंशिक बदलि रहनेछ। पश्चिमी भु-भागका केहि क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना छ ।
राति: देशको पहाडी भेगमा आंशिक बदली र अन्य भु-भागमा सामान्यतया सफा रहनेछ।
प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६