भारतको तमिलनाडुको राजधानी चेन्नईको एक घरमा भाडामा बस्ने युवतीको कोठामा गोप्य क्यामेरा फिट गरेको आरोपमा घरवाला प्रहरीको फन्दामा परेका छन् ।
आफ्नो कोठठामा गोप्य क्यामेरा जोडेको विषयमा उनी जानकार दिइनन् । तर, यो घटना अचानक बाहिर आएको छ । भाडामा बस्ने ती युवतीले हेयर ड्रायर प्रयोग गर्नका लागि प्लग सकेटमा लगाइन्, तर प्लग फुट्यो । त्यसपछि उनले गोप्य रुपमा राखेको क्यामेरा देखिन् ।
सकेट भित्तामा गोप्य रुपमा लुकाएर राखिएको थियो । यो कुरा सँगै बस्ने अर्की युवतीकोमा पनि पुग्यो र घटनाबारे प्रहरीलाई जानकारी गराए । प्रहरीले ४५ वर्षीया घरवाला सञ्जय भनिने संपत कुमारलाई प्रहरीले पक्राउ गरि जेल पठाएको छ ।
प्रहरीले घटनाबारे छानविन जारी रहेको जनाएको छ । उनको घरमा केही महिलाहरु भाडामा बस्ने गर्छन् । उनीहरुको उजुरीको आधारमा पुगेको प्रहरीले घरको खानतलाशी लिएको थियो । प्रहरीले सो घरभित्र अन्य केही गोप्य क्यामेरा पनि फेला पारेको छ ।
प्रहरीले सो घरबाट ६ वटा यस्ता क्यामेरा बरामद गरेको जानकारी दिएको छ । प्रहरीले भनेको छ, ‘यो क्यामेरा पछिल्लो १५ दिनदेखि प्रयोग भइरहेको थियो । घरवालाले धेरैतले घरको एक तला भाडामा लगाएका थिए ।’
उनीमाथि आईटीएक्ट तथा महिला हिंसा रोक्नका लागि बनेको अधिनियमअनुसार मुद्दा द र्ता गरिएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५