७ पुस, काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सामाजिक भेदभावको अन्त्य हुन नसकेमा संविधानको प्रभावकारिता नहुने बताएका छन । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) को आठौँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले संविधानमा शिक्षालगायत सबै विषयका अधिकार सुनिश्चित गरिए तापनि त्यसको कार्यान्वयन महत्वपूर्ण भएकोब बताए । उनले अधिकार स्थापित नभएमा वा भेदभावको संस्कार अन्त्य हुन सकेमा मात्र संविधान सफल हुने विचार व्यक्त गरे ।
प्रकाशित मिति: बिहीबार, पुस ६, २०७४