१६ साउन, काठमाडौँ । रुसमाथि अमेरिकाले नयाँ प्रतिबन्ध लागएपछि दुई देशबिचको सम्बन्धमा थप तनाव उत्पन्न भएको छ । अमेरिकाले मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने निर्णय गरे लगतै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा रहेका अमेरिकी कुटनीतिकज्ञलाई देश छाड्न आदेश दिएका हुन । अमेरिकी कुटनीतिक मिसनका सात सय ५५ जनाले रुस छोड्नु पर्ने पुटिनले घोषणा गरेका छन । ती सबै अमेरिकी अधिकारीले आउँदो सेप्टेम्बर १ सम्ममा रुस छोड्नु पर्नेछ ।
प्रकाशित मिति: आइतबार, साउन १५, २०७४