श्रीलंकामा विहानदेखि अहिलेसम्म ८ वटा विष्फोट भएको छ । इस्टर चर्च र होटलहरु विष्फोटको निशाना बनाइएका छन् । सो घटनामा करिब १९०जनाको मृत्यु भइसकेको छ भने ५ सय बढी घाइते भएका छन् ।
आठौं धमाकामा तीन जना सुरक्षा अधिकारी मारिएका छन् । यो विष्फोट त्यतिबेला भयो जब सुरक्षा अधिकारीहरु एउटा घरमा छापा मारिरहेका थिए । ८औं विष्फोट बम डिस्पोजलका क्रममा भएको हो वा होइन पुष्टि हुन सकेको छैन । प्रहरीका अनुसार विष्फोटमा संलग्न अभियोगमा दुईजना पक्राउ परेका छन् ।
-बीबीसीबाट
प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६