काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले आफू ०४६ सालदेखि यता सबै राजनीतिज्ञ, कर्मचारी, सेना, प्रहरी, आयोग र न्यायपालिकाको सम्पत्ति छानबिन गर्नुपर्ने पक्षमा रहेको बताएका छन्।
सोमबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै शर्माले त्यसका लागि सम्पत्ति छानबिन आयोग बनाउन राजनीति सहमति गर्ने प्रस्ताव गरेका हुन्।
‘तर ललिता निवासको जग्गा फिर्ता गरेर उन्मुक्ति दिनेजस्तो नाटक चाहिँ नगरौँ,’ उनले भने। शर्माले अर्थमन्त्री छँदा खैनी, चुरोट र सुपारीमा करवृद्धी गरेका कारण नै आफूमाथि हमला भएको बताए।
‘यसका पछाडि को थिए, त्यसबेलाका मिडिया रिपोर्टमा उनीहरूको अनुहार प्रष्टै देखिएकै थिए,’ उनले भने, सुपारी तस्कर रोक्न गलत थियो ?’
शर्माले बजेट निर्माणमा जोडेर आफ्नो दुष्प्रचार गरिएको र आफूमाथि अझैपनि लाञ्छना लगाइए पनि संसदीय समितिले ती सबै आरोप खारेज गरिदिएको बताए।
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०