काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले आगामी आव २०८०-०८१ का लागि शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सरकारले सार्वजनिक गरेको कार्यक्रममा कृषि क्षेत्रको व्यावसायिक प्रवर्द्धन, बजारीकरण र रोजगारी केन्द्रित कृषिलाई प्राथमिकतामा राखेको छ ।
रोजगारी सिर्जना गर्ने नवीनतम उद्योग र पर्यटन क्षेत्रलाई पनि सरकारले प्राथमिकता दिएको छ । सरकारले स्थायी राजधानी निर्माणलाई पनि प्राथमिकतामा राखेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०